आईपुग्यो दाङ यातायातका बसहरु, छिट्टै सञ्चालनमा आउने
ई- राप्ती खबर । तुलसीपुर, ९ -फागुन / दाङमा एउटा अर्काे नयाँ प्रालिले
नयाँ वसहरु जिल्लामा भित्र्याएको छ । दाङ यातायात सेवा प्रालिले विहीवार तीन वटा
नयाँ डिलक्स वसहरु भित्र्याएको हो । यसअघि गत पुस १८ गते मालिका–कालिका
प्रालिले पहिलो पटक जिल्लामा आधा दर्जन नयाँ वसहरु भित्र्याएर सेवा दिँदै आएको छ ।
जिल्लामा यसअघी राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको मात्रै वस संचालनमा
एकाधिकार कायम थियो ।

प्रालिहरु खुल्दै जानु र नयाँ वसहरु भित्र्याने क्रम वढ्दै गएपछि राप्ती समितिको वसमाथिको एकाधिकार समाप्त भएको बताउने गरिन्छ । पहिलो चरणमा तीनबटा नयाँ डिलक्स वसहरु मात्रै
ल्याइएको छ । तर यसै हप्ता अयोजित पत्रकार सम्मेलनमा प्रालिले पहिलो चरणमा ६ वटा नयाँ
वसहरु ल्याउने जानकारी दिएको थियो । उसले ५ गते देखि नै सेवा सुरुगर्ने जानकारी पनि दिएको
थियो ।

तर प्राविधिक कारण वस ढिला आएकोले अब निकट भविस्यमै छलफल गरेर सेवा सुरु गर्ने प्रालिका
पदाधिकारीहरुले जनाएका छन् । असुरक्षाको कारण देखाउँदै प्रालिका नयाँ डिलक्स बसहरु
शसस्त प्रहरी बेस क्याम्प तुलसीपुरमा राखिएको प्रालीका उपाध्यक्ष तुलाराम भण्डारीले बताए ।
प्रालिले निकट भविस्यमै दाङ–काठमाडौंका लागि रात्रि वसहरु संचालन गर्ने तयारी गरिरहेको छ ।
प्रालीका महासचिव मदनबहादुर बस्नेतले जिल्लामा भित्र्याइएका सबै बसहरु नयाँ
प्रविधिवाट निर्मित अत्याधुनिक डिलक्स वसहरु रहेको बताए । प्रालिले क्रमिक रुपमा दिवा सेवा
अनि नेपालका विभिन्न जिल्लाहरुमा सेवा दिने जानकारी दिएको छ ।
डिलकस बसमा फि वाइफाई, लक्जरी सिट, प्रत्येक सिटमा मोवाइल चार्जर, कुरमुरे, मिनरल वाटर ,
पत्रिकाहरु, हिटर , कुलर लगायतका सेवाहरु रहको
उपाध्यक्ष निराजन केसीले दाबी गरे ।

Post a Comment