दाङ देउखुरी समाज युएई द्वारा टीका ग्रहण सहित दशैं कार्यक्रम सम्पन्न ।

युएईमा रहेका दाङवासीहरुको साझा सामाजिक संस्था दाङ देउखुरी समाज युएईले २०१६/अक्टोबर/१४ का दिन दुबईको जावेल पार्कमा दशैं टीका ग्रहण , शुभकामना आदान प्रदान सहित दशैं कार्यक्रम सम्पन्न गरेको छ। दशैंकै दिन सबैको ब्यस्तताले उक्त कार्यक्रम सम्पन्न गर्न नसके पनि दशैंकै समय भित्र शुक्रबारका दिन सार्बजनिक विदाको समय पारेर आयोजित कार्यक्रममा समाजका अध्यक्ष शान्त गिरी र सल्लाहकार चित्र नेपालीले संयुक्त रुपमा सम्पूर्ण पदाधिकारी सहित उपस्थित दाङवासीहरुलाई टीका लगाईदिनु भएको थियो। 

दशैं मनाउन घर नगई युएईमा रहनु भएका समाजका अधिकांश पदाधिकारी,क्षेत्रीय समिती पदाधिकारी संगै दाङवासीहरुले पनि टीका ग्रहण गर्दै प्रवासमा पनि दाङ देउखुरी समाज युएईको छातामा आबद्ध भएर यसरी दशैं मनाउंदा अत्यन्तै खुशी भएको र आफ्नै मातृभूमिको दशैं अनुभव लिएको ब्यक्त गर्नु भएको थियो। 



उपस्थित सम्पूर्णले एकआपसमा शुभकामना आदान प्रदान गरि मनाईएको कार्यक्रममा दशै परिकारको खानपान सहित उपस्थित हरुले मादल संगै नाच गान समेत गरि मनोरंजन गरिएको थियो।

- परिवेश चन्द | सम्पादक हाम्रो हाम्रो दाङ सोसल मिडिया