राप्ती र बबई नदीमा पानीको सतह बढ्यो दाङको लमही नगरपालिकासहित सत्र गाविस उच्च जोखिममा

हाम्रो दाङ सोसल मिडिया साउन ११ । केही दिनदेखिको अविरल वर्षासँगै
दाङका राप्ती र बबई नदीको सतह ह्वात्तै बढेको छ ।
जिल्लाको देउखुरीको राप्ती नदीमा आएको बाढीका
कारण लमही नगरपालिका वडा नं. ९ स्थित वलरापुरका
१६ घर जोखिममा रहेको स्थानीय नारायण योगीले
जानकारी दिनुभयो ।



उहाँका अनुसार राप्तीको बाढी वस्तीमा पस्न थालेको
छ । दुई दिनदेखि झरी लागेपछि नदी र खोला
आसपासका वस्तीमा त्रास थपिएको छ । त्यस्तै
देउखरीका एक नगरपालिकासहित ८ गाविसका दर्जन
बढी गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । राप्ती
नदी र अन्य खोलाका कारण देउखुरीका गाउँ बाढीको
उच्च जोखिममा परेका हुन्  ।




यता बबई नदीमा पानीको सतह बढेसँगै बबई आसपासका
स्थानीयहरुमा सन्त्रास छाएको छ । दुई वर्षअघि बबईबाट
घरबास गुमाएका स्थानीयहरु बबईको सतह बढेसँगै चिन्तित
बनेका छन् । बबई आसपासका डुरुवा, फूलबारी, तुलसीपुर
नगरपालिकको उरहरी, गोलटाकुरी, हेकुली, धनौरी,
श्रीगाउँ, पञ्चकुले र पुरन्धारा गाविसका नदीआसपासका
स्थानीयहरुमा त्रसित बनेका छन ।

दाङ खबर बाट