लमहीको फोहर उठाउदै अन्य जिल्ला का यूवाहरु (फोटो फिचर)
देउखुरी
१ -असोज / लमही बजारलाई सफा राख्न यूवाहरुले विशेष पहल थालेका छन् । शनिवार विहान पानी परीरहेपनि ५० भन्दा वढी यूवाहरु राजमार्ग र बजार क्षेत्रको सरसफाईमा जुटेर उदाहरणीय कार्य गरेका छन् ।
१ -असोज / लमही बजारलाई सफा राख्न यूवाहरुले विशेष पहल थालेका छन् । शनिवार विहान पानी परीरहेपनि ५० भन्दा वढी यूवाहरु राजमार्ग र बजार क्षेत्रको सरसफाईमा जुटेर उदाहरणीय कार्य गरेका छन् ।
हरेक महिना जसो लमहीमा बजार सरसफाई
कार्यक्रमको आयोजना गरिएको हुन्छ । तर, बजार कहील्यै सरसफाईमा सुध्रीन
सकेको छैन् । फोहर गर्ने मान्छेको बानी ब्यवहारमा परिवर्तन नआउदा सम्म बजार
सुध्रन नसक्ने धेरैको भनाई यही छ ।
उद्योग वाणिज्य संघ, नगरपालीका र अन्य
सरोकार राख्ने निकाय संग समन्वय गरिएको भएपनि त्यहाँवाट एक जना पनि
प्रतिनिधि सफाईमा खटीएका यूवाहरुले पाएनन् ।बजार सरसफाईमा निस्कने यूवा
पृथु टेक्नीकल कलेज वनगाउँ देउखुरीमा अध्ययनरत विद्यार्थी हुन् ।
देशका विभिन्न ठाउँ र शहरका विद्यार्थीले
वनगाउँमा कृषि विषयको अध्ययन गरीरहेका छन् । उनिहरुलाई पनि लमही बजारको
फोहर देखेर चिन्ता जागेर आयो ।त्यही कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले
गठन गरेको नेप्लीज यूथ फर कलाईमेट एक्सनले पहीलो कार्यक्रम अन्र्तगत
यूवालाई सडकमा सरसफाईको लागी उतारेको अध्यक्ष विवेक गौतमले वताए ।
लमही बजारको फोहर ब्यवस्थापन अहीलेको
प्रमुख चुनौती हो ।ब्यवस्थीत टम्पीङ्ग साईड छैन् । फोहर ब्यवस्थापनको
सामान्य चेतना सम्म छैन् । गल्ने, नगल्ने फोहर समेत छुट्याउन नसक्दा पनि
फोहर ब्यवस्थापनले चुनौतीको रुप लिएको हो ।
लमही नगरपालीकाले फोहर ब्यवस्थापनमा काम
गरीरहेपनि फोहर ब्यवस्थापनको ठोस योजना र कार्यक्रम तर्जुमा नगर्दा समस्या
परेको वुझाई धेरैको छ ।
- तुल्सीपुर अनल़ाईन बाट साभार गरिएको हो |



Post a Comment