नेपाल १५ बर्ष पछि यु-१९ विश्वकप क्रीकेट को दोस्रो चरण मा प्रवेश ।।
१६ माघ, काठमाडौं । आयरल्याण्डमाथि ८ विकेटको
शानदार जित हात पार्दै नेपाल यू-१९ विश्वकप क्रिकेटको
दोस्रो चरणमा पुगेको छ ।
सन् २०१० र २०१४ बाहेकका हरेक संस्करणको विश्वकप खेल्दै आएको नेपाल क्वार्टरफाइनल पुगेको भने २००० पछि पहिलोपटक हो । त्यसबेला नेपाल आठौं भएको थियो । यू-१९
विश्वकपमा २००६ नेपालका लागि सम्झनयोग्य संस्करण हो,
जहाँ नेपाल यूजिल्याण्डलाई १ विकेटले हराएर प्लेट
च्याम्पियन बन्यो ।
अन्य संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो
भने २०१० र २०१४ मा छनोट नै हुन सकेन । यो पटक भने पहिलो खेलमा न्यूजिल्याण्डमाथि ३२ रनको सनसनीपूर्ण जित हात पार्दै सुखद सुुरुवात गर्यो ।
आफ्नो दोस्र्रो खेलमा शनिबार आयरल्याण्डमाथि ८
विकेटको शानदार जित हात पार्यो । अर्को खेलमा
भारतले न्यूजिल्याण्डलाई १२० रनले पराजित गरेपछि नेपाल
समूह चरणको अन्तिम खेल अघि नै दोस्रो चरणमा पुगेको छ ।
नेपाल र भारतको समान ४-४ अंक भएको छ । रन
रेटका आधारमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।
न्यूजिल्याण्ड र आयरल्याण्ड अंकबिहीन छन् र समूह चरणबाटै बाहिरिएका छन् । समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्नेछन्, यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ ।
#सन्दिपको हृयाट्रिक :
ढाकामा भएको टस जितेर पहिले ब्याटिङ गरेको
आयरल्याण्डले १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जसलाई नेपालले मात्र २५.३ ओभरमा मात्र २ विकेट गुमाएर
भेट्टायो ।
नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको
थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे ।
तर, योगेन्द्र सिंह कार्कीले नेपालको पारी सम्हाले ।
उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए । तेस्रो विकेटका
लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७
रनको साझेदारी गरे । कार्की ६१ रनमा अविजित रहे ।
आरिफ शेख ३१ रनमा नटआउट रहे ।
यसअघि आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट
गुमाएर १३१ रन बनाएको थियो ।
आयरल्याण्डलाई धरासायी पार्ने क्रममा नेपालका सन्दिप
लामिछानेले हृयाटि्रकसहित ५ विकेट लिए । उनले ३२ औं
ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएका
थिए ।

Post a Comment