देउखुरीमा कृषि विषयको अध्ययनगर्न देशभरका विद्यार्थीको जमघट

राप्ती खबर ।। देउखुरी, १६-माघ  / पृथु टेक्नीकल कलेजमा कृषि विषयको
अध्ययनकालागी देशभरका विद्यार्थीहरु देउखुरीको
वनगाउँमा आउने गरेका छन् । त्रिभुवन विश्व
विद्यालय मातहतमा रहेको सो कृषि क्याम्पसमा
अध्ययनकालागी देशका विभिन्न जिल्लाका
विद्यार्थीहरु आएका छन् ।


२०७० सालमा स्थापना भएको क्याम्पसमा अहीले
चौथो शैक्षिक सत्रका विद्यार्थीहरु भर्ना भएका
छन् । क्याम्पसमा वागवानी, वाली विज्ञान,
माटो विज्ञान, किट विज्ञान, वालीरोग, वाली
प्रजनन् लगाएतका विषयमा पढाई भैरहेको छ ।
हरेक वर्ष क्याम्पसले ५० नयाँ विद्यार्थी भर्ना गर्दै
आएको छ । देउखुरीमा कृषि क्षेत्रको सम्भावना धेरै
भएकाले कृषि क्याम्पस स्थापना गरी देश भरका
विद्यार्थीलाई एकैथलोमा जम्मा गरेर कृषि
क्षेत्रको विकासका वारेमा अध्ययापन गराईरहेको
क्याम्पसका अध्यक्ष प्रदिपराज शर्माले जानकारी
दिए ।
यसैविच क्याम्पसले शनिवार चौथो शैक्षिक सत्रमा
भर्ना भएका विद्यार्थीहरुका विचमा
परिचयात्मक र पहीलो शैक्षिक सत्रमा उत्कृष्ठ
नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ
। क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष
प्रदीपराज शर्माको अध्यक्षता एवम् पक्लिहवा
क्याम्पस भैरहवाका सहायक क्याम्पस प्रमुख जन्मजय
गैरेको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्दै
गैरेले कृषि क्षेत्रको विकासलेनै देशको अर्थतन्त्र
वलीयो वनाउने वताउदै कृषि क्षेत्रको
विकासकालागी कृयासील हुन विद्यार्थीहरुलाई
अनुरोध गरे ।
पहीलो शैक्षिक सत्रमा उत्कृष्ठ हुने सम्पूर्ण
वर्तौला, शान्ता पोख्रेल र रिसव पण्डितलाई
सम्मान गरिएको छ । उत्कृष्ठ हुने विद्यार्थीलाई
दोस्रो शैक्षिक सत्रमा लाग्ने शुल्क मिनाहा
गरिने जानकारी गराइएको छ । क्याम्पस प्रमुख
रामेश्वर पुडासैनीको स्वागत मन्तब्य वाट सुरु
भएको कार्यक्रमको सञ्चालन राज कुमार गिरीले
गरेका थिए ।

No comments