दङगाली पत्रकार एवं गायक देबेन्द्र बस्नेत को प्रेम गित भाईरल बन्दै । (भिडियो सहित )

देउखुरी,
२०-माघ / पत्रकार एवं दंगाली गायक देवेन्द्र बस्नेतले गाएको चर्चित नेपाली चलचित्र
‘प्रेमगीत’को शीर्ष गीत अहिले  सामाजिक सञ्जालमा भाईरल वनेको छ । नेपाली कथानक चलचित्र ‘प्रेमगीत’को शीर्ष गीतपत्रकार बस्नेतले गाएका हुन । पत्रकारिताका अलावा मिठो स्वरका धनी पत्रकार बस्नेतले झन्डै
आधा दर्जन नेपाली आधुनिक गीतहरु गाइसेकका छन् ।
चलचित्रले गरेको ‘कभरसंङ’ युट्युव प्रतिस्पर्धाका लागि बस्नेतले उक्त गीत घोराहीको एक सार्वजनिक कार्यक्रममा केही दिन अघि मात्रै गाएका थिए । पत्रकार बस्नेत ‘प्रेम गीत’
प्रतिष्पर्धिका लागि गाएको उक्त स्वर अहीले यूटुवमा भाइरल बन्न पुगेको छ । उनको स्वर हजारौंले
मन पराएका छन्



सुगम पोख्रेल र अन्जु पन्तको स्वरमा रहेको उक्त गीतमा बस्नेतले उत्कृष्ट स्वर दिएका छन् । उनको
स्वर र लय धेरैले रुचाएका छन् । स्टेज कार्यक्रममा दिएको प्रस्तुतिलाई युट्युव मार्फत सार्वजनिक
गरेका पत्रकार बस्नेत सुगम सङ्गीतका राम्रो सम्भावना बोकेका गायक हुन ।
उनले अहिले सम्म आधा दर्जन सुगम सङ्गीतमा आवाज दिइसकेका छन् । नागरिक राष्ट्रिय
दैनिकको दाङ संवाददाता बस्नेत दाङको रेडियो
स्वर्गद्धारिमा पनि कार्यरत छन् ।

भिडियो पनि हेर्नुहोस ।।।


No comments